मंगलबार, १८ वैशाख २०८१

‘मिटु’ बारे मौन करिष्माले बल्ल खोलिन् मुख

समयपोष्ट २०७५ कार्तिक २६ गते ५:४८

बलिउड अभिनेत्री करिश्मा कपूरले यौनशोषणको घटनाबारे आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । ९० को दशकमा निकै लोकप्रिय रहेकी अभिनत्री कपूरले केही समयदेखि महिलाका यौनशोषणका कहानी सुन्दै आइरहेको र यसले आफू निकै दुखी भएको बताएकी छिन् ।

Advertisement

उनले महिलाले हिम्मत गरेर आफू शोषित भएको घटना सार्वजनिक गर्नु निकै ठूलो कुरा भएको समेत उल्लेख गरिन् ।

एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले महिलाहरुले धेरै पीडा सहँदै आएको भन्दै यो मामलामा दोषीलाई सजाय दिनुपर्ने र कार्यक्षेत्रमा महिलालाई सुरक्षित बनाउन प्रयास गर्नुपर्नेमा जोड दिइन् ।

फिल्मी दुनियाँबाट टाढा रहेकी उनी केही इभेन्ट ब्रान्ड प्रमोसन र विज्ञापनमा भने देखिने गरेकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री