बिहीबार, १३ वैशाख २०८१

‘परिवार नै सबैभन्दा बलियो पिलर हो’

समयपोष्ट २०७५ कार्तिक २३ गते ३:५०

मेरो परिवारमा अहिले म र श्रीमती मात्रै छौँ । मेरो एउटा मात्रै छोरी, उनको विवाह भइसकेको छ । मैले परिवारलाई क्वालिटी टाइम दिने गरेको छु । म प्रोफेसर र मेरी श्रीमती होममेकर भएको हुनाले हामीले आ–आफ्नो काम गरिरहेकै हुन्छौँ । त्यसपछि जति पनि समय बच्छ, त्यसलाई कसरी उत्कृष्ट तरिकाले बिताउने भन्नेतर्फ केन्द्रित गर्छौं । त्यसैले क्वान्टिटीभन्दा पनि मैले दिने समय क्वालिटीमा केन्द्रित छ ।

Advertisement

परिवारमा रमाइलो

हामी बढीभन्दा बढी समय सँगै बिताउने कोसिस गर्छौं किनभने मेरो आफ्नो प्रोफेसनल कमिटमेन्ट छ । मैले आफ्नो प्रोफेसनप्रति न्याय गर्नुपर्छ । त्यस कारण बढी समय मेरो कार्यगत व्यवस्ततामै बित्छ । त्यसपछि जति पनि समय बित्छ, सँगै बस्ने । कतै घुम्न जाने । आफन्तलाई घरमा बोलाउने र उहाँहरुकोमा जाने गर्छौं ।

बिदाको समय

व्यस्तताले गर्दा सँगै बसेर नियमित खाना खाने समय पनि मिलेको हुँदैन । त्यस कारण बिदाको दिन हामी सँगै बसेर खाना खान्छौँ । बिदा परेको दिन हाम्रो दिनको सुरूवात नै रिल्याक्स पाराले हुन्छ । हामी त्यस दिन सपिङ गर्न जाने, इष्टमित्रलाई घरमा बोलाउने, इष्टमित्रकोमा जाने गर्छौं । मनोरञ्जनका कार्यक्रमहरु जस्तो– लाइभ शोहरु, सिनेमाहरु छन् भने हेर्न जाने गर्छौं । बिदाको दिनमा पनि एक्टिभ नै भइन्छ ।

परिवारमा झगडा

हाम्रो विवाह भएकै पैँतीस वर्ष भइसकेको छ । अब झगडालाई कसरी डिफाइन गर्ने, त्यसमा भर पर्छ । कहिलेकाहीँ मिसअन्र्डस्ट्यान्डिङ हुन सक्छ या कम्युनिकेसनको इस्यु हुन सक्छ । यसो भइदिएको भए राम्रो हुन्थ्यो भन्ने एक्सपेक्टेसन हुन सक्छन् । तर झगडाको प्योर डेफिनेसनभित्र हाम्रो असहमति पर्दैन । तर कुनै बुँदा विशेषमा हाम्रो असहमति रहन सक्छन् । यसो भइदिएको भए हुन्थ्यो भन्ने कुरा कुनै समझदारीमा गएर टुङ्गिन्छ, नभए त्यस्तो झगडा पर्ने भन्ने छैन ।

घरको काम

इमानदारीपूर्वक भन्नुपर्दा त्यस क्षेत्रमा म एकदम कमजोर नै छु । बाहिरको काम मैले म्यानेज गर्छु । घरलाई व्यवस्थित गर्ने र हाउसलाई होम बनाउने काम मेरी श्रीमतीले गर्छिन् । यो उनकै दक्षताको विषय हो । म यसबाट अलि टाढै छु । मलाई खाना बनाउन आउँदैन र मैले अहिलेसम्म बनाउने कोसिस पनि गरेको छैन । म बाहिरको काम हेर्छु । त्यसमा मेरो पेसा र व्यवसायका सबै कामहरु पर्ने नै भए । त्यसबाहेक घरदेखि बाहिर गर्नुपर्ने सम्पूर्ण काम मेरै जिम्मेवारीभित्र पर्छ । मेरी श्रीमतीले घरलाई व्यवस्थित पारिदिन्छिन् । यसरी नै जीवन चलिरहेको छ ।

इमानदारिता जरूरी

परिवारलाई मजबुत बनाउन एक–अर्काप्रति पूर्ण समर्थन र इमानदारी हुन जरूरी छ । दोस्रो, कम्युनिकेसन । कहिलेकाहीँ हामी आफूलाई परेका पीर आफूमै सीमित राख्छौँ । परिवारमा त्यसलाई सेयर गरिएन भने त्यो दुःख हलुङ्गो पनि हुँदैन । त्यस कारण सेयर गर्न जरूरी छ । अर्को, कुनै खुसीको कुरा छ भने पनि त्यसलाई परिवारसँग बाँड्दा बढ्छ कि भन्ने मेरो मान्यता हो । त्यस कारण यदि स्केलमा कम्पेयर गर्ने हो भने एक नम्बरमा इमानदारिता र दुई नम्बरमा कम्युनिकेसन हो । परिवारमा राम्रो कम्युनिकेसन छ, एक–अर्काप्रति खुलेर कुरा गरिन्छ र आफूलाई परेको समस्या खुलेर छलफल गरिन्छ भने त्यसको समाधान पनि निस्किन्छ । त्यस कारण जिन्दगीमा परिवार नै सबैभन्दा बलियो पिलर हो । यति भए त्यो बलियो पिलरको साथ सधैँ पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री