शुक्रबार, ७ वैशाख २०८१

नेशनल लाईफको २ लाख ७८ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७५ कार्तिक १५ गते ७:३५

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आजबाट २ लाख ७८ हजार ११९ कित्ता शेयर लिलामीमा राखेको छ । कम्पनीले गत साउन १ देखि भदौ १९ सम्म बिक्री खुला गरेको ६० प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामी मार्फत बेच्न लागेको हो । इच्छुक लगानीकर्ताले लिलामी शेयरमा कार्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्यमा आवेदन दिन सक्नेछन् ।

शिलबन्दी बोलपत्र आवेदन फाराम एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा उपलब्ध गराइएको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेट बैंक लिमिटेडको शाखा कार्यालय सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री