शनिबार, २९ वैशाख २०८१

एश्वर्याको आज ४५ औ जन्मदिन, यस्ता छन् उनका अनसिन फोटोज

समयपोष्ट २०७५ कार्तिक १५ गते ६:१५

बलिउडकी चर्चित अभिनेत्री एश्वर्या राय आज आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन् । पद्म श्रीद्वारा सम्मानित ऐश्वर्या बलिउडकी निकै चर्चित नायिका हुन् जसले देवदास, जोधा अकबर, हम दिल दे चुके सनम, मोहब्बतें,देवदासजस्ता हिट फिल्ममा काम गरिन् ।

Advertisement

ऐश्वर्याले कलेजको दिनमा नै विज्ञापनमा काम गर्न सुरु गरेकी थिइन् । कम उमेरमा नै उनी ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी थिइन् ।मोडलिङ गर्दागर्दै उनी मिस इन्डियामा सहभागी भइन् ।

सन् १९९४ मा उनी मिस वर्ल्ड बनिन् । त्यसपछि ऐश्वर्याले फिल्ममा अफर पाउन थालिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९९७ मा मणि रत्नमको तमिल फिल्म ‘इरुवर’बाट गरिन् ।

Advertisement

नायिकाको पहिलो हिन्दी फिल्मको नाम ‘और प्यार हो गया’ थियो । उक्त फिल्म पनि सन् १९९७ मा रिलिज भएको थियो । उनको पहिलो व्यवसायिक सफल फिल्म तमिल रोमान्टिक ड्रामा ‘जिन्स’ थियो ।

सन् २००७ मा ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । उनकी एक छोरी आराध्या पनि छिन् ।

उनी फिटनेस र सुन्दरताको मामलामा थुप्रैको आइडल हुन् । ऐश्वर्या ४५ वर्षमा पनि एकदम फिट देखिन्छिन् । यद्यपी, सन्तान जन्माइसकेपछि बढेको उनको तौलको धेरैले आलोचना पनि गरेका थिए ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री