सोमबार, १७ वैशाख २०८१

माछापुच्छ्रे बैंकको ओम र नेपाल क्यान्सर अस्पतालसँग सम्झौता,ओममा ७ र क्यान्सर हस्पिटलमा १०% छुट

समयपोष्ट २०७५ कार्तिक १५ गते ५:४२

माछापुच्छ्रे बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवामा छुट दिने सम्वन्धी सम्झौंता भएको छ ।

Advertisement

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबु काजी कार्की र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७% सम्मको छुट पाउन सक्नेछन् । ओम हस्पिटलले उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान/एक्सरे, म्यामोग्राफि, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७% छुट दिने भएको छ ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाकाल देखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

त्यसै गरी अर्का सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५% देखि १०% को छुट पाउन सक्नेछन् । नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १०% छुट दिने भएको छ ।

साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५% छुट पाउने भएका छन् । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र क्यान्सर रोग सम्बन्धी सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री