सोमबार, १७ वैशाख २०८१

सानिमा बैंकलाई नगद लाभांस वितरण गर्न स्वीकृति

समयपोष्ट २०७५ कार्तिक १५ गते ५:३७

नेपाल राष्ट्र बैंकले सानिमा बैंकलाई १४ प्रतिशत नगद लाभांस वितरण गर्न स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब पुर्याएपछि सानिमा बैंकलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार लाभांस वितरणका लागि स्वीकृति दिएको हो ।

Advertisement

बैंकले दसैं अगाडि नै साधारणसभा गर्न चाहे पनि एनएफआरएस अनुसार लाभांस वितरण गर्न अन्यौलता भएपछि वल्ल स्वीकृति पाएको हो । सानिमाले पहिलो चरणको स्वीकृति पाएको हो । बैंकले बार्षिक साधारण सभाको अन्तिम स्वीकृति पाउन भने बाँकी छ।

सानिमा बैंकवाहेक अन्य दर्जन बैंकले साधारणसभा स्वीकृतिका लागि माग गरेका छन् । ती बैंकको वित्तीय विवरण अध्ययन गरिरहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री