प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन् ।

यही मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो ।

Advertisement

उक्त समय अर्थात् आजसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री