दुर्गा प्रसाईँको बयान : ‘कागजत झुट रहेछ, म आफैंले तयार पारेको होइन’
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियास्थित टेलिकम कम्पनीमा लगानी गरेको भनी सार्वजनिक गरेका कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अन्तर्गतको साइबर ब्यूरोमा बयान दिने क्रममा प्रसाईँले कागजात झुटो रहेको बताएका हुन्।
साइबर ब्यूरोका अनुसन्धान अधिकृतका अनुसार प्रसाईँले उक्त कागजात आफूले तयार नगरेको, तर युट्युबरहरूले तयार गरेको कागजात आफूले सार्वजनिक मात्र गरेको बताए। प्रसाईँले भनेका छन्, ‘कागजत झुट रहेछ, म आफैंले तयार पारेको होइन।’
यसअघि पत्रकार सम्मेलनमार्फत कागजात तयार गर्न १ करोड रुपैयाँ बुझाएको दाबी गरेका प्रसाईँले बयानका क्रममा सो दाबी पनि अस्वीकार गरे। ‘रकम बुझाएको छैन,’ उनले भनेका छन्।
प्रसाईँ मंसिर ४ गते पक्राउ परेका हुन्। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर उनलाई अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया