मंगलबार, ६ साउन २०८२

नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

समयपोष्ट २०८१ मंसिर १० गते १६:५९


नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई सम्मानस्वरूप ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ।

बागमती प्रदेशबाट छनोट भएका करिब ११० जना योग्य अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको सहभागितामा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुभयो।

प्रमुख कार्यकारी अधिकृतले बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई प्रदेशस्तरीय सम्मान प्रदान गर्नुहुँदै, बीमा व्यवसायमा अभिकर्ताहरुको योगदानको प्रशंसा गर्नुभयो। कार्यक्रममा उहाँले भन्नुभयो, “मिट द सिइओ स्किम” देशभरका ३०० भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गर्न सुरु गरिएको हो, जसमा बागमती प्रदेशबाट मात्रै ११० जना अभिकर्ता छनोट भएका छन्।

सहभागी अभिकर्ताहरुले बीमा व्यवसायमा भोगिरहेका समस्या, गुनासा तथा कम्पनीले सुधार गर्नुपर्ने पक्षबारे प्रत्यक्ष रूपमा प्रमुख कार्यकारी अधिकृतलाई जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरे। उनीहरुले यस्तो प्रकारको कार्यक्रमले अभिकर्ता र कम्पनी व्यवस्थापनबीचको संवादलाई प्रगाढ बनाउँदै दुवै पक्षलाई फाइदा पुग्ने सुझाव पनि दिए।

कार्यक्रमको अन्त्यमा प्रमुख कार्यकारी अधिकृतले आगामी दिनमा पनि यस्ता योजना निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री