बिहीबार, २६ असार २०८२

सैनामैनामा डिशहोमको नयाँ सेवा केन्द्र

समयपोष्ट २०८१ मंसिर ४ गते १७:५९

Advertisement

सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोम इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरू, र विभिन्न क्षेत्रका उल्लेखनीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

डिशहोमको यो नयाँ सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई विभिन्न डिजिटल सेवाहरू थप सरल र प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। यहाँबाट ग्राहकहरूले इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन्।

यो सेवा केन्द्रले स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र डिशहोमको गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Advertisement

डिशहोमको यो पहलले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवामा सहज पहुँच उपलब्ध गराएर क्षेत्रीय विकास र डिजिटल सशक्तिकरणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

डिशहोमले आफ्नो सेवाको सञ्जाल विस्तार गर्दै ग्राहकहरूको डिजिटल जीवनलाई अझै सहज बनाउने लक्ष्यका साथ सेवा केन्द्र स्थापना गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री