सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा उत्कृष्ट करदाता बनेर आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको उपाधि प्राप्त गरेको छ। यस उपलब्धिका लागि कम्पनीलाई राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले सम्मान गरेको हो।
आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गर्नुभयो। विभागले कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको क्षेत्रमा सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले पछिल्ला १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले हालै आफ्नो सेवा विस्तार गर्दै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा पनि सुरु गरेको छ। यस मार्फत ग्राहकले सजिलै रेमिटेन्स भुक्तानी गर्न सक्ने सुविधा पाएका छन्।
रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सिटी एक्सप्रेसले नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस सम्मानले कम्पनीलाई अझै प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया