शुक्रबार, २७ असार २०८२

नेपाल टेलिकमलाई उत्कृष्ट करदाताको सम्मान

समयपोष्ट २०८१ मंसिर २ गते १३:३९

Advertisement

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरेको छ।

राष्ट्रिय कर दिवस २०८१ का अवसरमा मंसिर १ गते आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल टेलिकमलाई सम्मान प्रदान गर्नुभएको हो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले संस्थाको तर्फबाट सम्मान ग्रहण गर्नुभयो।

आन्तरिक राजस्व विभागले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। यस वर्षको कार्यक्रममा नेपाल टेलिकमसँगै उच्चतम कर तिर्ने अन्य व्यक्तिहरू र संस्थाहरूसमेत सम्मानित गरिएको छ।

नेपाल टेलिकमको यो सम्मानले दिगो आर्थिक विकासमा संस्थाको सक्रिय योगदानलाई थप उजागर गरेको छ। देशको कर प्रणाली सुदृढ गर्दै राष्ट्रिय विकासमा योगदान पुर्‍याउन अन्य संस्थाहरूलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री