हेर्नुहोस् सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ (भिडियोसहित)
समयपोष्ट
२०८१ मंसिर १ गते २१:१५
क्रिकेटर सन्दीप लामिछानेले आफ्नो नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक गरेका छन्।
उनले यो गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। गीतको रचना सन्दीप आफैंले र रोन्जाइले संयुक्त रूपमा गरेका हुन्।
उनले यसअघि ‘उदास थियो मेरो मन’ र ‘समर्पित’ जस्ता गीतहरू प्रस्तुत गरेका थिए। नयाँ गीत पनि रोमान्टिक र मेलोडियस शैलीको रहेको छ।
सन्दीपको यो नयाँ प्रयासले उनको फ्यानहरूलाई थप उत्साहित बनाएको छ। क्रिकेटको मैदानमा मात्रै नभई संगीतमा पनि सन्दीपको यो प्रस्तुति सराहनीय मानिएको छ।
गीत सुन्नका लागि: सन्दीप लामिछानेको युट्युब च्यानल.
प्रतिक्रिया