बुधबार, २९ असोज २०८२

७२०.५३ प्रतिशतले बढ्यो अरुण भ्याली हाइड्रोको खुद नाफा

समयपोष्ट २०८१ कार्तिक २६ गते ९:४३

Advertisement

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४८५.५७ प्रतिशत बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी २५.६१ प्रतिशत बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ४३.६३ प्रतिशत घटेर ३ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ १७ पैसा बढेर १२ रुपैयाँ १२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८४ गुणा रहेको छ।

Advertisement

३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री