आइतबार, २२ असार २०८२

स्टान्डर्ड चार्टर्ड बैंकको १०% कर्मचारी कटौती हुने

समयपोष्ट २०७३ मंसिर १४ गते १०:१०

स्ट्यान्डर्ड चार्टर्ड बैंकले भारतसहित एसिया क्षेत्रका आफ्ना शाखाहरुबाट १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । रोयटर्सले बैंकको केन्द्रीय प्रमुख कार्यकारी अधिकृत बिल विन्टर्सलाई उदृत गर्दै लागत कम गर्नका लागि बैंकले वाध्य भएर कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको जनाएको छ। कर्मचारी कटौती यसै साताबाट सुरु हुने छ।
 
बैंकमा ८४ हजार ४७७ कर्मचारी कार्यरत छन्। यो संख्या गत जुन महिनासम्मको हो। १० प्रतिशत कर्मचारी घटाउने निर्णयले नेपालमा पनि कटौती हुन्छ या हुँदैन भन्ने समाचारमा खुलाइएको छैन। समाचार अनुसार सिंगापुर, भारत र हङकङमा भने यसै साताबाट कर्मचारी कटौतीको काम थालिने छ।

Advertisement

त्यस्तै स्ट्यान्डर्ड चार्टर्डका एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकृत अजय कवलले राजिनामा गरेका छन्। बैंकबाट वाहिरिएको लगानीका बारेमा जानकारी दिन नसकेको आरोप कवलमाथि छ। कवल १९९२ देखि बैंकसँग आवद्ध थिए। उनले नेपाल स्थित स्ट्यान्डर्ड चार्टर्ड पनि हेर्थे।

कवलको ठाउँमा अब कमर्सियल तथा प्राइभेट बैकिङ प्रमुख अन्ना मार्स जाने छन् । उनलाई कामुको जिम्मेवारी दिइसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री