शुक्रबार, १४ वैशाख २०८१

एसबिआइ बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

समयपोष्ट २०७३ मंसिर १४ गते ९:४८

नेपाल एसबिआइ बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको ४०० औँ बैठकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। 

Advertisement

बैंक सञ्चालक समितिले यसअघी २८ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरिसकेको छ। त्यस बाहेक ६७ हजार ७६८ कित्ता फर्दर पब्किक अफरिङ (एफपिओ) गर्ने बैंकले जनाएको छ। 
 

बोनस र एफपिओ जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीमा बैंकले हकप्रद सेयर दिन लागेको हो । हकप्रद मार्फत बैंकको एक अर्ब ९९ करोड १९ लाख ४२ हजार रुपैयाँले चुक्ता पुँजी बृद्धि हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री