शनिबार, ८ वैशाख २०८१

सिभिल बैंक छैटौं वर्षमा प्रवेश,१ हप्तासम्म वित्तिय साक्षरताका कार्यक्रम गर्ने

समयपोष्ट २०७३ मंसिर १२ गते ११:०१

सिभिल बैंक लिमिटेडले आफनो स्थापनाको छैटौं वर्ष प्रवेसको अवसरमा बिबिध कार्यक्रम गरेको छ । 
बैकले वित्तिय साक्षरताको लागि प्रभातफेरीे,वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको छ  ।
 बैंकको वार्षिकोत्सव देखि १ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताका विभिन्न चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्नुको साथै सो सप्ताहभित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिपनि प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले समाजप्रतिआफ्नो जिम्मेवारी वहनगर्दै आफ्नो सेवाको परिधी र व्यवसाय बृद्धि गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताए ।

Advertisement

इन्टरनेशनललिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि। सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको बैंकले युनिकफाईनान्स र हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । सो बैंकको चुक्तापुँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री