शनिबार, १५ वैशाख २०८१

इजरायलमा भीषण आगलागी,आगो नियन्त्रण गर्ने प्रयास जारी

समयपोष्ट २०७३ मंसिर १० गते ६:१३

इजरायलको हाइफामा भीषण आगलागी भएको छ ।

Advertisement

बुधबार बिहान करिब ११ बजेदेखिबाट शुरु भएको आगो राति अबेरसम्म पनि नियन्त्रणमा आई नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुई दिनबाट चलेको निरन्तर हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको हो ।

आगो नियन्त्रणका लागी इजरायली अग्नि नियन्त्रकका साथै टर्की, जापान, इटाली, रुस लगाएतका देशहरुबाट फाएर फाइटर बिमानहरु निरन्तर आइरहेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय जंगलबाट सुरू भएको आगोले इजरायलको आधाभन्दा बढी हाइफा शहर ढाकिसकेको छ । करिब ७० हजार नागरिकलाई सरकारले सुरक्षित ठाउँमा स्थान्तरण गरिएको छ । हाइफाका अलावा इजरायलका अन्य १२/१३ ठाउँमा पनि आगलागी भएको छ।

आगलागीको कारण पुष्टि भईसकेको छैन । आगो अरबीहरुले लगाएको आशंकामा प्रहरीले केही अरबीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको  समाचारमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री