बिहीबार, १३ वैशाख २०८१

फेरी गयो भुकम्प

समयपोष्ट २०७३ मंसिर १० गते ५:५०

 

Advertisement

धादिङको महादेवबेंसी आसपास केन्द्रबिन्दु बनाई परकम्प गएको छ । बिहीबार राति ८ बजेर २३ मिनेट जाँदा ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७४ परकम्प गएको जनाइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ रिक्टर स्केलमाथिको परकम्प मात्र सार्वजनिक गर्ने र सोभन्दा मुनिका परकम्पलाई बेवसाइटमा मात्र राख्ने गरेको छ ।

बिहीबार गएको भूकम्पको धक्का धादिङ, नुवाकोट र मकवानपुरमा बढी महसुस गरिएको छ । राजधानीका कतिपय स्थानमा पनि धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री