शनिबार, १५ वैशाख २०८१

शिक्षण अस्पतालको ओपीडी सेवा आजदेखि बन्द

समयपोष्ट २०७३ मंसिर १० गते ५:१७

त्रिवि शिक्षण अस्पतालको आवासीय चिकित्सकहरुले आजदेखि बहिरंग विभाग (ओपीडी) सेवा बन्द गरका छन् ।

Advertisement

 चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनसमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु शुक्रबारबाट आन्दोलनमा उत्रिएका हुन् ।

रेजिडेन्ट र चिकित्साका विद्यार्थीहरुका संघसंगठनले पनि संयुक्त स्पमा कडा आन्दोलन गर्ने निर्णय गरेका छन् ।

डा. केसीका मागबारे सम्बन्धित निकायले कुनै कदम नचाले बाध्य भएर उनको जीवन रक्षाका लागि आन्दोलन चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको रेजिडेन्ट डाक्टर्स एसोसिएसनले जनाएको छ ।

यसअघि रेजिडेन्ट चिकित्सकहरुले हातका कालोपट्टी बाँधेर काम गर्दै आएका थिए ।

डा. केसी १३ दिनदेखि अनसनमा बसेका छन् र, उनको अवस्था गम्भीर बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री