बिहीबार, ६ वैशाख २०८१

पतञ्जली ब्राण्डमा जिन्स पाइन्टदेखि कुर्तासम्म पाईने

समयपोष्ट २०७३ मंसिर ९ गते ८:५६

योगगुरु रामदेवले पतञ्जली ब्राण्डका जिन्स पाइन्टदेखि कुर्तासम्म उत्पादन थाल्ने बताएका छन् । वीरगञ्जमा योगशिविर र पतञ्जली उद्योगको उद्घाटन गर्न आएका रामदेवले पतञ्जली ब्राण्डका जिन्स,टोपी,कुर्ता र पैजामा उत्पादन गरेर बजारमा ल्याउने जानकारी दिएका हुन् ।

Advertisement

उनले पतञ्जलीका तयारी पोशाकले शरीरलार्इ फाइदा हुने र सात्विक पहिरनको रुपमा लगाउन सकिने दाबी गरे । त्यस्तै उनले  तयारी पोशाक बाहेक इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन थाल्ने जानकारी दिए। पतञ्जलीले अहिले खाद्य सामाग्री र सौन्दर्य प्रशासनका सामाग्री उत्पादन गर्दै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री