बिहीबार, १९ असार २०८२

चौबीस घण्टाभित्र टिकटक बन्द नगरे ५५ इन्टरनेट कम्पनीको लाइसेन्स खारेज

समयपोष्ट २०८० मंसिर १३ गते ९:१८

Advertisement

नेपाल दूरसंचार प्राधिकरणले टिकटक बन्द नगर्ने ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने भएको छ ।

मंगलबार साँझ सूचना जारी गर्दै प्राधिकरणले कम्पनीले चौबीस घण्टाभित्र (बुधबारसम्म) निर्णय कार्यान्वयन नभएमा लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो ।

सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै टिकटकलाई तत्काल बन्द गर्ने निर्णय गरेको थियो ।

बन्द गर्ने निर्णयसँगै नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। तर, हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्ने बारे जानकारी नपाएकाले बुधबार भित्र गराउन निर्देशन दिएको हो ।

Advertisement

दूरसञ्चार ऐनअनुसार प्राधिकरणले ती कम्पनीलाई पाँच लाख रुपैयाँसम्म जरिवाना र लाइसेन्ससमेत रद्द गर्न सक्छ । प्राधिकरणका अनुसार हाल १३० वटा कम्पनीले इन्टरनेट सेवाका लागि इजाजत लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री