सोमबार, २३ असार २०८२

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा नेशनल लाईफ सम्मानित

समयपोष्ट २०८० मंसिर १२ गते १९:२७

Advertisement

चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको छ ।

भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा इण्डियन च्याम्वर अफ कमर्शद्धारा बिहीबार आयोजित कार्यक्रममा नेशनल लाईफ सम्मानित भएको हो ।

विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेशनल लाईफ उक्त अवार्डबाट सम्मानित भएको हो ।

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

Advertisement

कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री