सोमबार, २१ असोज २०८१

टेकुमा सिटिजन्स बैंकको १८९ औं शाखा संचालनमा

समयपोष्ट २०८० मंसिर १२ गते १४:१७

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाडौँको टेकुमा संचालनमा ल्याएको छ ।

यससंगै उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् ।

टेकुमा आज आयोजित एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे ।

Advertisement

सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।

उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री