बिहीबार, १३ वैशाख २०८१

निर्माणाधिन संरचना भत्किदा ४० जनाको मृत्यु

समयपोष्ट २०७३ मंसिर ९ गते ८:२७

 

Advertisement

चाईनाको जियानङ्गसी प्रान्तमा निर्माणाधिन एक संरचना भत्किदा ४० ज्यान गएको छ । फेन्चानङ्ग पावर प्लान्टको निर्माणका क्रममा उक्त दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार दुर्घटना हुँदा उक्त स्थानमा ६८ जना मजदुरहरु कार्यरत थिए । अझै धेरै मानिसहरु त्यस स्थानमा च्यापिएको हुनसक्ने सिन्ह्वाले जनाएको छ । अहिले सेनाका जवानहरु त्यस स्थानमा रहेकाको उद्दार कार्यमा खटिएको सिन्ह्वाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री