बुधबार, ३२ असार २०८२

सिटिजन लाइफ अन्तराष्ट्रिय अवार्ड “बेष्ट स्ट्राटिजिज फर इन्स्योरेन्स स्प्रिडिंग”बाट सम्मानित

समयपोष्ट २०८० मंसिर ८ गते ११:३७

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अन्तराष्ट्रिय अवार्ड “बेष्ट स्ट्राटिजिज फर इन्स्योरेन्स स्प्रिडिंग”बाट सम्मानित भएको छ ।

इण्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बई, महाराष्ट्रमा आयोजित ‘इमार्जिंग एशिया इन्स्योरेन्स अवार्ड’ को चौंथो संस्करणमा सिटिजन लाइफ “बेष्ट स्ट्राटिजिज फर इन्स्योरेन्स स्प्रिडिंग”(Best Strategies for Insurance Spreading) अवार्डबाट सम्मानित भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

नेतृत्वदायी भूमिका निर्वाह गर्दै बिमाको क्षेत्रमा विशेष योगदान पुर्‍याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखि यो अवार्ड दिँदै आएको छ ।

Advertisement

जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

भाद्र ०७, २०७४ बाट नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमति पाइ २०७४ साल कार्तिक ०२ गतेबाट सिटिजन लाइफ इन्स्योरेन्स सञ्चालनमा रहेकोे छ ।

हाल, देश भरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१,००० भन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ इन्स्योरेन्स सधैँ तयार रहेको छ र आफ्ना ग्राहक वर्गको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका बिरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेण्टी दिन सक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री