आइतबार, २२ असार २०८२

बुक बिल्डिङ्ग प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको शेयर निष्काशन तथा बिक्री खुला

समयपोष्ट २०८० मंसिर ६ गते ८:१८

Advertisement

सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आजदेखि शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

धितोपत्र बोर्डले सर्वोत्तमलाई बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्कासनको अनुमति दिएको थियो । यससंगै कम्पनीले बुधबारबाट जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न लागेको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ। कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको शेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

Advertisement

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री