चक्काजाममा बस चलाएको भन्दै बिहेको बस तोडफोड
समयपोष्ट
२०७३ मंसिर ९ गते ७:१५
संविधान संशोधन र सांसदहरुको सुविधा वृद्धिको विरोधमा आन्दोलनरत एमाले निकट विद्यार्थीहरुले बिहिबार बिहेको बस तोडफोड गरेका छन् ।
चक्काजाममा बस चलाएको भन्दै ना ३ ख ४१३८ नम्बरको बस नवलपरासीको कावासोतीमा तोडफोड गरिएको हो । नारायणगढबाट बुटवलका लागि बिहेमा जाँदै गरेको बसलाई बन्दकर्ता विद्यार्थीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरुले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान एक घण्टा चक्काजाम गरेका थिए ।नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गर्न पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया