बिहीबार, २१ मंसिर २०८०

नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०८० मंसिर ४ गते ११:२१

Advertisement

नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६.८० प्रतिशत नगद लाभांश गरि कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुंजी १० अर्ब १२ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री