बिहीबार, २१ मंसिर २०८०

सूर्यज्योति लाइफको “सूर्यज्योति सहि प्लान” सार्वजनिक

समयपोष्ट २०८० मंसिर १ गते २०:४२

Advertisement

सूर्यज्योति लाइफले ’सूर्यज्योति सहि प्लान’ को सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले कम प्रिमियममा ठुलो रकमको आजीवन बीमा गर्न सकिने र तिरेको सम्पुर्ण रकम फिर्ता हुने नेपालकै पहिलो र एक मात्र बीमा योजना सार्वजनिक गरेको हो ।

बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा उक्त बीमा योजनाको संयुक्त रुपमा शुभाारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लागाएत प्राधिकारणका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, निर्देशकहरु क्रमश नन्द किशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयाल उपस्तिथी रहेको थियो। उक्त कार्यक्रममा संचारकर्मी अन्य संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु तथा कम्पनीका उच्च पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न बिशेषता सहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यबाद दिनुका साथै गरिवले पनि बीमा गर्न सक्ने कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफु हर्सित भएको बताए । परम्परागत पोलिसी भन्दा सूर्यज्योतिले ल्याएको यस भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा आफुले विश्वास लिएको बताए ।

यो योजना तयार गर्दा देखि अन्तिम स्विकृती लिई नेपाली बीमा बजारमा ल्याउदा सम्म मार्ग निर्देशगर्नुहुने बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण र स्वयं अध्यक्ष सूर्य प्रसाद सिलवाललाई सूर्यज्योति कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले धन्यबाद व्यक्त गर्नुका साथै नेपाली आम जनताले पनि लिन सक्ने यो योजना पस्कन पाउदा खुसि ब्यक्त गरे ।

नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्य नजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ‘सहि प्लान’ पहिलो पटक सूर्यज्योतिले पस्केको हो। बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार प्राय नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने बुझिएको छ। केही बिपत्ति आईलागे उक्त सानो रकमले आर्थिक भार बेहोर्न प्रयाप्त नहुने र परीवारनै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ।

यही कमीलाई नै पुरा गर्ने अठोटका साथ सूर्यज्योतीले ‘सहि प्लान’ नामक बीमा योजना ल्याएको हो। उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने, ७० बर्ष पुगे पश्चात तिरेको सम्पुर्ण प्रिमियम फिर्ता हुने,आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुबिधा अन्तर्गत सर्बाधिक ३५ घातक रोगहरु बिरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले उपस्थित सम्पुर्ण विशिष्ट व्यक्तित्वहरु स्वागत गर्नुका साथै आम जनजीवनमा आईपर्ने सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम हुनका साथै पहिलो र नविनतम बिशेषताहरु सहित आएको हुनाले पक्कै पनि हरेक नेपालीको रोजाई को रुपमा यो सहि प्लान हुन मा आफु ढुक्क रहेको र ‘हरेक घर, एक बीमा’ को रुपमा यो बीमा योजनालाई पुर्याउने लक्ष्य सूर्यज्योतिको रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रस्ट पारे।

सहि सोचौ,सहि रोजौ भन्ने मूल नाराका साथ ल्याइएको यो सहि प्लानमा ७० बर्षको उमेर पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुदा आफुलाई बुढेसकालको सहारा हुने ,कम रकममा ठुलो बीमा गर्न मिल्ने र जोखिमको भार बहन पनि ठुलै हुनेहुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षवारणमा सहज हुने हुनाले यदि पहिले बीमा लिई सकेको भए पनि यो सहि प्लान तपाईको दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुने खत्रीले जानकारी गराए।

सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकहरुको हित र सुबिधालाई ध्यानमा राखी नविनतम र परिस्कृत सेवा पस्किदै आईरहेको छ। कम्पनिले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उलेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ। कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र कम्पनी बन्दै पहिलो आइ.एस.ओ ९००१ –२०१५ द्वारा बिभूषित एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ। हाल कम्पनिको चालु पूजी रु ४५४ करोड, लगानी रु ३४०० करोड ,जीवन वीमा कोष रु २९५० करोड, नेटवर्थ ६२२ करोड र जारी वीमालेख संख्या २२ लाख साथै देशैभरि फैलिएका १७६ शाखा संजाल र कम्पनीमा सक्रिय रुपमा आवद्ध करिव ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री