बिहीबार, १६ मंसिर २०७८

शिक्षा नियमावली संशोधन गर्नुपर्छ : हिसान

समयपोष्ट २०७३ मंसिर ९ गते ६:३९

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले सरकारले ल्याएको शिक्षा नियमावली, २०७३ को प्रारम्भिक मस्यौदा संशोधनको माग गरेको छ ।

Advertisement

शिक्षा मन्त्रालयले हालै प्रस्तुत गरेको समाज कल्याण समितिमा विचाराधीन उक्त नियमावली अपूर्ण रहेको भन्दै हिसानले संशोधनको माग गरेको हो । 

 नियमावलीको अधिकांश विषयमा समर्थन रहेपनि केही कुरा त्रुटिपूर्ण रहेको हिसानको ठहर छ । हिसानले  बुधबार पत्रकार सम्मेलन गर्दै संशोधनका २२ बुँदा अघि सारेको छ । निजी र सामुदायिक विद्यालयका प्रकृति र सञ्चालन पद्धति फरक भएकाले छुट्टाछुट्टै शिक्षा नियामावलीको माग हिसानले गरेको छ ।

 हाल सञ्चालित शून्य जोड दुई (जिरो प्लस टू)लाई साबिक बमोजिम ११ र १२ कक्षा सञ्चालन गर्न दिनुपर्ने हिसानको माग छ । त्यस्तै अर्को माग कक्षा १ देखि १२ सम्मको शिक्षा समानस्तरको नहुने भएकाले ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने रहेको छ ।

मस्यौदा अनुसार माध्यमिक तह भन्नाले कक्षा ९ देखि १२ सम्मलाई भनिएको तर कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राखिएकाले एकै तहमा दुई परीक्षा उत्तीर्ण गर्नुपर्ने हाँस्यास्पद भएको बताइएको छ ।

Advertisement

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा अनिवार्यरुपमा लिने व्यवस्था हुनुपर्ने, शिक्षासम्बन्धी सरोकारवाला समिति,उपसमितिमा हिसानका प्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने, कानुनबमोजिम योग्यता पुगेका शिक्षण संस्थालाई सम्बन्धन दिनुपर्ने लगायत माग हिसानको छ ।

पत्रकारसम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले अहिलेको नियमावली दश जोड दुई (उच्चमावि तह) को शिक्षालाई नै सिध्याउने खेलअनुरुप आएको बताउँदै यस खेलका विरुद्ध आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए। उनले यसबारे आफूहरुसँगको छलफलद्वारा समाधान निकाल्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री