शुक्रबार, १४ वैशाख २०८१

पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु ,१० जना घाइते

समयपोष्ट २०७३ मंसिर ९ गते ६:११

खचाखच यात्रु बोकेको जिप पाल्पाको अर्गली– ९ कमलपोखरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

बुधबार अपरान्ह ४ बजे बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ज २४४८ नम्बरको जिप अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दश यात्रु घइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मी मुसिकोट– ५ का ५२ वर्षीय बसन्त बहादुर कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा बुधबार राति प्रवास मेडिकल कलेज पाल्पामा मृत्यु भएको हो ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री