खोटाङ्गको स्थानीय तहमा सलिकोको बीमा सचेतना कार्यक्रम
समयपोष्ट
२०८० कार्तिक २१ गते १८:४४
सलिकोले खोटाङ्गमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार सलिकोले जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
उक्त कार्यक्रममा यस कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम, दिक्तेल शाखा प्रमुख बाबुराम आचार्य, गाईघाट शाखा प्रमुख डि.बि. कटवाल लगायत जिल्लाका पशु प्राबिधिक, भेटनरी, स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरुले बीमाको आवश्यकता र महत्वलाई महसुश गर्दै बीमामा सहभागि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया