आइतबार, ३ असार २०८१

आई.एम.ई. लाइफद्धारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग

समयपोष्ट २०८० कार्तिक १९ गते १९:४३

Advertisement

बीमा क्षेत्रबाट पहिलो पटक आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ।
आई.एम.ई. लाइफले कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

आई.एम.ई. लाइफले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने भएको हो । यससंगै आई.एम.ई. लाइफ जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने पहिलो बिमा कम्पनी बनेको छ ।

पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री