बिहीबार, २० वैशाख २०८१

सेरेसको नयाँ शोरुम ललितपुरमा

समयपोष्ट २०८० कार्तिक १६ गते १९:३५

Advertisement

ललितपुरको थसिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।

सोही अवसरमा नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको छ ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए।

Advertisement

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।

ललितपुरको नयाँ सेरेस शोरुम प्रदुषणरहित र स्मार्ट यात्राका लागि तपाईंको प्रवेशद्वार हो। दिगोपन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर सेरेस नेपालमा यातायातको भविष्यलाई पुन: परिभाषित गर्न तयार छ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ।
नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध छ।
सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९,९९,०००/- र रु ५२,९९,०००/- बाट सुरु हुन्छ। सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछ: लो ट्रिम-१८० किमी बेस अप्सन, मिड ट्रिम-१८० किमी फुल अप्सन, र टप ट्रिम-२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००/-, रु १६,४९,०००/- र रु १७,९९,०००/ रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री