शुक्रबार, १४ वैशाख २०८१

सम्पत्ति विवरण नबुझाउँने कर्मचारीहरु अख्तियारको कार्वाहीमा पर्दै

समयपोष्ट २०७३ मंसिर ८ गते ८:२३

चालु आर्थिक बर्षमा ४ हजार ७ सय ४ जना कर्मचारीले बाषिर्क सम्पत्ति विवरण बुझाएका छैनन् । करिब ८० हजार कर्मचारी रहेको निजामति सेवाका ७८ हजार ९८ जनाले मात्र सम्पत्ति विवरण पेश गरेको किताबखानाले जनाएको छ ।

Advertisement

भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेका प्रत्येक सदस्यले हरेक आर्थिक बर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ ।

निजामति कर्मचारीले पनि भ्रष्टाचार निवारण ऐनसँगै निजामति सेवा ऐन अनुसार हरेक बर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ ।

किताबखानाले सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीको विवरण सतर्कता केन्द्रमा पठाएको छ । सर्तकता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाही गर्न अख्तियारमा सिफारिस गर्छ ।

सर्तकता केन्द्रले मंसिर मसान्तभित्र प्रतिवेदन तयार गरी विवरण पेश नगर्ने अधिकारीहरुको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री