शुक्रबार, १४ वैशाख २०८१

संविधान संशोधन प्रस्ताव अघि बढाउँने जिम्मा प्रधानमन्त्रीलाई

समयपोष्ट २०७३ मंसिर ८ गते ६:५३

संविधान संशोधनबारे छलफल गर्न आज विहान बालुवाटारमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउँने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

Advertisement

सरकार र मधेशी मोर्चाबीच भएको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीलाई जिम्मा दिएको हो ।

बैठकमा प्रधानमन्त्रीले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेश गरिने तथा प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीको प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरुले यसप्रति सकारात्मक धारणा राखेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री