शुक्रबार, १४ वैशाख २०८१

ड्राइभिङ लाइसेन्सको निवेदन आजदेखि खुल्यो

समयपोष्ट २०७३ मंसिर ८ गते ६:३८

 यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ ।

Advertisement

गत असोज ११ गतेको राजपत्रमा केही नियमावली संशोधन भएकाले विभागले नयाँ निवेदन रोकेकोमा आजदेखि नयाँ नियमअनुसार निवेदन खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण (ट्रायल) परीक्षा दिन नपाउने व्यवस्था गरिएकोमा त्यसलाई नियमावली संशोधन गरी एकपटक लिखित परीक्षा उत्तीर्ण भएकाले तीनपटकसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

पुराना निवेदकले दिएको निवेदनको काम कारबाही भने सुचारु भइरहेको थियो ।

बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री