शनिबार, १५ वैशाख २०८१

यसै साता नेपालमा भएको भारु सटहीबारे भारतले निर्णय लिने

समयपोष्ट २०७३ मंसिर ७ गते ८:१८

भारतले  नेपालमा भएको ५ सय र १ हजार दरका भारु सटहीबारे यसै साता निर्णय लिने भएको छ ।

Advertisement

भारतको विदेश मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त कमिटीले यसबारे लगातार छलफल गरिरहेको इकोनोमिक टाइम्सले जनाएको  छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेपछि भारतले अर्थ मन्त्रालयका अतिरिक्त सचिव ए. त्यागीको नेतृत्वमा कमिटी बनाएको थियो । इकोनोमिक टाइम्सका अनुसार यो समितिले लगातार बैठक गरिरहेको र आज मंगलबार पनि बैठक बस्दै छ ।

अधिकारीहरुका अनुसार केवाईसी अर्थात ग्राहकको पूर्ण विवरण गराउने र नोट सटही गर्ने सम्भावना छ । तर, यसरी आउने नोट नक्कली भए-नभएको नेपालले नै जाँच गर्नु पर्ने भारतीय शर्त छ । साथै भारतमा भएको अवैध रकम नेपालमा आएर बैध हुन सक्ने भारतीय आशंकालाई पनि सम्बोधन गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री