बिहीबार, १५ चैत २०८०

योग गुरु रामदेव नेपालमा

समयपोष्ट २०७३ मंसिर ७ गते ८:००

भारतीय चर्चित योग गुरु रामदेव आज नेपाल आएका छन् ।

Advertisement

वीरगन्जमा योग शिविर सन्चालन गर्न रामदेव नेपाल आएका हुन् ।

उनी यसअघि २०७२ वैशाखमा काठमाडौंमा योग शिविर सञ्चालन गर्न आएका थिए । उनले शिविर चलाइरहेकै बेला वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको थियो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रामदेवलाई गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंह लगायतले नेपाली ढाका टोपी र खादा लगाएर स्वागत स्वागत गरेका छन् । 

योग गुरु रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री