आइतबार, ११ माघ २०७७

जापानमा शक्तिशाली  भूकम्प,राजधानी टोकियो पनि प्रभावित

समयपोष्ट २०७३ मंसिर ७ गते ५:४४

जापानमा शक्तिशाली  भूकम्प आएको छ ।जापानको फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरिएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ । 

Advertisement

जापानको उत्तर–पूर्वी तट भूकम्पको जोडदार धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फीट अग्लो छाल ठोकिएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतराको जारी रहेको एनएचकेले जनाएको छ । 

भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन ।  उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए ।

भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो ।

जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री