शुक्रबार, ७ वैशाख २०८१

बौद्धनाथ चैत्य भोलिबाट खुला हुँने

समयपोष्ट २०७३ मंसिर ६ गते ६:५३

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मंगलबारबाट खुला हुँने भएको छ । भोलि प्रधानमन्त्री पुष्पकमल दाहालबाट चैत्यको उद्घाटन भएपछि सर्वसाधारणको दर्शनका लागि खुला गरिने भएको हो । मंगलबार हुने समुद्घाटन कार्यक्रममा भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । 

Advertisement

गत वर्षको वैशाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति भएपछि सर्वसाधारणको दर्शनका लागि चैत्यभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री