बिहीबार, १५ चैत २०८०

राप्रपा र राप्रपा नेपाल एक हुँदै

समयपोष्ट २०७३ मंसिर ६ गते ५:५५

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ ।

Advertisement

काठमाडौंको प्रज्ञा भवनमा दिउँसो एक बजे हुने विशेष कार्यक्रमा राप्रपा र राप्रपा नेपालीवीच एकीकरण हुन लागेको हो ।

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ ।

एकीकरण घोषणासँगै पशुपति शम्शेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी कार्यकारी अध्यक्ष बन्ने छन् ।

पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्नेछ । महाधिवेशन तीन महिनाभित्र हुने सहमति भइसकेको छ । 

राजा ज्ञानेन्द्रको शाही कदमलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा उत्पन्न विवाद पछि गएर पार्टी विभाजको स्थितिमा पुगेको थियो । २०४७ सालमा स्थापना भएको राप्रपाले सात पटकसम्म विभाजन मार भोगेको छ । 

दुवै पार्टी एककिरण पछि राप्रपाको सांसद सख्या ३७ हुनेछ भने संसदमा चौठो ठूलो दलको हैसियतमा रहनेछ । । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री