शनिबार, १५ वैशाख २०८१

खुट्टामा लगाईने पाउँजुका यस्ता छन् फाईदाहरु 

समयपोष्ट २०७३ मंसिर ५ गते ८:४२

महिलाहरुले खुट्टामा  पाउँजु  आमरुपमा खुट्टाको सुन्दरताको लागि लगाउँने गर्दछन् । तर सुन्दरता बाहेक यसको कर्यौ फाईदाहरु पनि छन । पाउँजुको आवाजले घरमा भएको नकारात्मक शक्तिहरु असर कम हुने विश्वास गरिन्छ । यसको आवाजले घरमा पवित्रता बढ्ने गर्दछ । सुन तथा चाँदीबाट बनेका पाउँजुहरु स्वास्थ्यको दृष्टिले पनि फाईदाजन रहेको हुन्छ । पाउँजु खुट्टाको सम्पर्कमा रहने हुँदा सुन तथा चाँदीमा रहेका  तत्वले खुट्टाको हड्डी मजबुत बनाउँन मद्त गर्दछ । आयुर्वेदमा पनि धेरै औषदीहरु बनाउँदा धातुकाहरुको खरानी प्रयोग गर्ने गरिन्छ । धातुको खरानीहरुबाट जसरी लाभ मिल्छ त्यसरीनै पाउँजु लगाउँदा पनि लाभ मिल्ने गर्दछ । जुन घरमा पाउँजुको आवाज आईरहन्छ त्यस घरमा देवी देवताको कृपा रहिरहने विश्वास गरिन्छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री