बिहीबार, १५ चैत २०८०

नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदै

समयपोष्ट २०७३ मंसिर ५ गते ६:००

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि काठमाडौँमा सुरु हुने भएको  छ ।

Advertisement

मुलुकको पछिल्लो राजनीतिक अवस्था र सांगठनिक लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिले बैठक आह्वान गरेको हो ।

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा सोमबार सुरु हुने बैठकमा कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकको निर्णयानुसार गठित विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदलहरूले तयार पारेका एजेण्डामाथि छलफल हुनेछ ।

बैठक तीन दिनसम्म चल्ने  छ । बैठकमा विभिन्न कार्ययोजना निर्माण कार्यदलहरूले तयार पारेका घर–आँगनमा नयाँ शक्ति कार्ययोजना, राष्ट्रिय तथा सामाजिक अभियानको कार्ययोजना, स्थानीय निकाय निर्वाचन केन्द्रित कार्ययोजना, संगठन विस्तार तथा अधिवेशन अभियान कार्ययोजना, आर्थिक स्रोत परिचालन तथा व्यवस्थापना कार्ययोजना आदि एजेण्डाहरुमाथि छलफल हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री