शुक्रबार, १६ चैत २०८०

एनबी इन्स्योरेन्सद्वारा १६ करोड बिमाशुल्क संकलन

समयपोष्ट २०७३ मंसिर ५ गते २:५३

एनबी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड २२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । लेखा परीक्षण नगरिएको वित्तीय विवरणले एनबी इन्स्योरेन्सले पहिलो त्रैमासमा राम्रो बिमाशुल्क आर्जन गरेको देखाएको हो । गत आवको सोही अवधिमा एनबी इन्स्योरेन्सले ५ करोड ५५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, चालू आवको असोज मसान्तसम्ममा कम्पनीले ११ हजार ६ सय ७६ बिमालेख जारी गरेको छ ।

Advertisement

गत आवको सोही अवधिमा कम्पनीले २ हजार ९ सय ९८ मात्रै बिमालेख जारी गर्न सकेको थियो । सो अवधिमा कम्पनीले २ सय १२ वटा बिमाको नवीकरण गरेको छ । 

कम्पनीले पहिलोे त्रैमास अवधिमा ५ सय ८४ वटा दाबीबापत १ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ । तर, कम्पनीले १ हजार ३ सय २ दाबीबापत २७ करोड ३५ लाख रुपैयाँ भने अझै भुक्तानी गर्न बाँकी छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री