शुक्रबार, १६ चैत २०८०

वीर अस्पतालमा डिजिटल डिस्प्ले बोर्ड राखियो,टिकट काट्न लाइन बस्नुपर्ने झण्झटबाट सेवाग्राही मुक्त

समयपोष्ट २०७३ मंसिर २ गते ६:४१

वीर अस्पतालमा विहिबार देखि ओपीडिको टिकटका लागि डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । डिजिटल डिस्प्ले बोर्ड  राखिएसंगै अस्पतालमा घण्टौं लाइनमा उभिएर टिकट काट्नुपर्ने समस्याबाट बिरामीहरु मुक्त भएका हुन् ।

Advertisement

यो डिजिटल प्रविधिबाट सेवा लिदा विरामी अथवा विरामीका आफन्तले टिकट काट्नका लागि कुपन लिनुपर्नेछ । कुपनमा भएको नम्बर डिजिटल डिस्प्लेमा आएपछि विरामीले टिकट काट्न सक्ने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि कुपन सिष्टम नहुँदा बिरामी घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता थियो ।  वीर अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा घण्टौं लाइन बस्दा समेत टिकट नपाउने समस्या रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री