शुक्रबार, १४ वैशाख २०८१

संविधान संशोधनबारे तीन दल सकारात्मक

समयपोष्ट २०७३ मंसिर २ गते ५:५४

संविधान संशोधनबारे प्रमुख तीन दलबीच ‘सकारात्मक’ छलफल भएको छ ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा संयुक्त छलफल गरेका थिए ।

 छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे सरकारले गरेको तयारीबारे जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्रीले सीमांकन, नागरिकता र राष्ट्रिय सभा गठन लगायतका विषयलाई समेेटेर संशोधन प्रस्ताव तयार पारेको बताए ।

माओवादी नेता वर्षमान पुनले प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओली संविधान संशोधनप्रति सकारात्मक देखिएको जानकारी दिए ।

पुनका अनुसार ओलीले संविधान कार्यान्वयन र चुनावलाई प्राथमिकतामा राखेर संविधान संशोधन प्रस्ताव ल्याउँदा छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री