प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी
समयपोष्ट
२०७३ मंसिर २ गते ५:०३
संविधान संशोधन सहितका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी छन् ।
बैठकमा सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्तावमा सहमतिको प्रयास हुने जनाइएको छ ।
प्रतिक्रिया