बिहीबार, १३ वैशाख २०८१

अन्तर्राष्ट्रिय एन पीस अवार्डबाट बसन्ती चौधरी सम्मानित

समयपोष्ट २०७३ मंसिर १ गते १२:३५

 

Advertisement

अन्तर्राष्ट्रिय पुरस्कार एन पीस अवार्डबाट नेपालकी बसन्ती चौधरी सम्मानित भएकी छिन् ।

मानवअधिकार रक्षक तथा कमैया प्रथा उन्मूलन समाज  कैलालीकी अध्यक्ष समेत रहेर सक्रिय रुपमा सामाजिक कार्यमा लागेकी बसन्तीलाई एनपीस नेटवर्कले यो पुरस्कारबाट सम्मानित गरेको हो ।

 एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा सक्रिय चौधरी मुक्त कमैया पुनस्र्थापन समस्या समाधान आयोगकी सदस्य, महिला मानवअधिकार रक्षक सञ्जाल कैलालीकी सचिव पनि हुन् ।

समाजको सकारात्मक विकासका लागि अहोरात्र खट्ने तर, नाम र दामका लागि ध्यान नदिने व्यक्तिहरुलाई प्रोत्साहन गर्न एन पीस नेटवर्कले ‘नभनिएको कथा’ विधामा यो अवार्ड दिने गरेको छ ।

बसन्ती सहित अन्य सात महिलाले यो अवार्ड हात पारेका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री